३९ हजार २७५ मतले लक्ष्मी राईलाई पछाडी पर्दै राष्ट्रपतिमा भण्डारी निर्वाचित – पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

    भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने कांग्रेसको तर्फबाट उम्मेद्धवार बनेकी कुमारी लक्ष्मी राईले ११७३० मतभार पाएकी छन् । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका थिए । संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् ।

    त्यस्तै नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य