एक्कासी किन स्थगित गरे गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको मुद्दा खुल्लो भित्रि रहस्य – पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं- आइतबारदेखि सुनुवाइ सुरु भएर ‘हेर्दाहेर्दै’ रहेको गोविन्द केसी र कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दा अनिश्चित समयका लागि स्थगित भएको छ।

    प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै पूर्ण इजलाश सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर राणाले बहिस्कार गरेपछि सोमबार सुनुवाइ हुन नसकेको मुद्दा मंगलबार पेशी तोकिएको छैन।न्यायाधीश राणाबारे धारणा बनाउन प्रधानन्यायाधीश पराजुलीले अन्य सहकर्मी न्यायाधीशसँग राय मागेका थिए। अन्य न्यायाधीशहरुले विवादित हुनुभन्दा अलग हुन सुझाव दिएपछि प्रधानन्यायाधीश पराजुलीले उक्त मुद्दाको पेशी मंगलबार नतोकेका हुन्।

    मंगलवार प्रधानन्यायाधीश पराजुलीले सोमबार इजलाश बहिस्कार गरेका राणाको नाममा कुनै पनि मुद्दा पेशी तोकेका छैनन्। पराजुलीले आज आफूसहित ११ इजलाश तोकेका छन्। तर राणालाई कुनै पनि मुद्दा तोकिएको छैन। पराजुलीले आफूलाई तेजबहादुर केसीसँग पूर्ण इजलाश तोकेका छन्।

    सर्वोच्च प्रशासन स्रोतका अनुसार राणाको कदम न्यायिक इतिहासमै गलत भएकोले त्यस बारेमा अन्य न्यायाधीशको धारण बुझ्न प्रधानन्यायाधीश पराजुलीले दिउँसै बैठक डाकेका थिए। उक्त बैठकमा वोल्ने अधिकांश न्यायाधीशहरुले आफूविरुद्ध आरोप लागेको मुद्दा आफ्नै नेतृत्वमा इजलाश तोक्नु गलत भएको सुझाव दिएपछि पराजुलीले मुद्दा सुनुवाइका लागि पेशी तोकेनन्।

    साउनमै अवकाश पाउनुपर्ने व्यक्तिसँगै बसेर मुद्दा हेर्न नसक्ने धारणा सार्वजनिक गर्दै राणा सोमबार इजलाश बहिस्कार गर्दै अदालत परिसरबाट बाहिरिएका थिए।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य