भोटाहिटी साझा ब्यापार समितिको साधारण सभा सम्पन्न,अध्यक्ष पदमा लोकेन्द्र प्रा. चापागाई विजयी

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, फाल्गुन २८, २०७४

    काठमाडौं २८ – भोटाहिटी साझा ब्यापार समितिको छैठो साधारण सभा तथा निर्बाचन कार्यक्रम सम्पन्न भएको छ । साझा ब्यापार समिति र साझाका सम्पूर्ण ब्यापारीहरुको उपस्थितिमा पब्लिक हाउस क्याफेमा सम्पन्न भएको हो ।

    नया कार्यसमिति फेरबदल भएको छ । यस पटक भने बिगत वर्ष झैँ निरविरोध भने हुन् सकेन । कार्यसमिति फेरबदल गर्न निर्बाचन नै गर्नु परेको थियो । बिभिन्न पदको लागि उम्मेदारी दिएका थिए । श्री अरुनादत्त पन्तको संयोजकमा निर्वाचन समपन्न भएको थियो । निर्बाचन मण्डलामा अरुनादत्त पन्त, रुद्र प्रसाद देव भण्डारी र हबिब लेहरी रहनु भएको थियो । कार्यक्रममा बोल्दै साझा ब्यापार समितिको हकहित र अधिकारको लागि काम गर्नु पर्ने साझा ब्यापारीले भनेका थिए । यो निर्वाचन सम्पन्न गर्न पुर्व अध्यक्ष मुकुन्द अर्याल र पुर्व सचिब शशी प्रसाद पोखरेल लगायत अरु सदस्याले समेत मुख्या भूमिका खेलेका थिए ।
    नया कार्यसमितिको अध्यक्ष पदका लागि भने ५ जनाको उम्मेदारी परेको थियो ।

    १. श्री लोकेन्द्र प्रा. चापागाई
    २. ” बिकास के सी
    ३. ” सन्तोस भट्टराई
    ४. ” कनक र. तुलाधार
    ५. ” राज म. अन्सारी

    उपाध्यक्ष पदको लागि भने ३ जनाको उम्मेदारी परेको थिए ।
    १.श्रीमती बिमला कुवर
    २. ” शान्ता खरेल
    ३. ” अशोक र.ताम्राकार

    सचिब पदको लागि १ जनाको उम्मेदारी परेको थियो ।
    १. तेजेन्द्र श्रेष्ठ
    कोषाध्यक्ष पदको लागि भने २ जनाको उम्मेदारी परेको थियो ।
    १. श्री साजन देबकोटा
    २. ” कृष्ण तन्डुकार

    सदस्य पदको लागि भने ५ जनाको उम्मेदारी परेको थियो ।
    १. श्री राजेन्द्र मरासिनी
    २. ” दिपक भुजेल
    ३. ” फडिन्द्र ब. धमला
    ४. ” सुरेन्द्र (ढलमान) श्रेष्ठ
    ५. ” पुजा श्रेष्ठ
    यस पटकको निर्वाचन निकै नै प्रतिस्पर्धा भएको थियो । सदस्य  पदमा र सचिब पद भने निर्बिरोध भए पनि अरु पदमा भने कडा प्रतिस्पर्धा भएको थियो । कोषाध्यक्ष पदमा साजन देबकोटाले हात झिके पछी कृष्ण तन्दुकर निर्बाचित हुनु भएको थियो । उपाध्यक्ष पद र अध्यक्ष पदको लागि भने कडा प्रतिस्पर्धा भएको थियो । उपाध्यक्ष पदको लागि मतदान हुदा श्रीमती बिमला कुवर र अशोक र.ताम्राकारलाई पछार्दै श्रीमती शान्ता खरेल विजयी हुनु भएको छ । अध्यक्ष पदको लागि ५ जनाको उम्मेदारी परेको थियो । चुनाबी मैदानमा जादा सन्तोस भट्टराई र बिकास केसीले उन्नेदारी फिर्ता लिए पछी ३ जना ( श्री लोकेन्द्र प्रा. चापागाई,कनक र. तुलाधार र राज म. अन्सारी)को कडा प्रतिस्पर्धा भएको थियो जसका लागि मतदान नै गर्नु परेको थियो । कनक र. तुलाधार र राज म. अन्सारीलाई पछार्दै लोकेन्द्र प्रा. चापागाई विजय हुनुभएको छ । यो भन्दा अगाडी निर्विरोध भएका चापागाई भने यस पटक कडा प्रतिस्प्रधा गर्नु परेको थियो । यो चापागाईको दोश्रो कार्यकाल हो । सफतग्रहण पनि स्वाहि दिन सकिएको छ । अबको कार्यनीति र रणनीति के ल्याउदै छ नया कार्यसमितिले त्यो भने हेर्न भने बाकि छ ।

    यस्तो छ नया कार्यसमितिको अध्यक्ष देखि सदस्यहरुको अन्तिम नामावली :

    अध्यक्ष – श्री लोकेन्द्र प्रा. चापागाई
    उपाध्यक्ष – श्रीमती शान्ता खरेल
    सचिब – तेजेन्द्र श्रेष्ठ
    कोषाध्यक्ष – श्री कृष्ण तन्डुकार
    सदस्यहरु – श्री राजेन्द्र मरासिनी
    ” दिपक भुजेल
    ” फडिन्द्र ब. धमला
    ” सुरेन्द्र (ढलमान) श्रेष्ठ
    ” पुजा श्रेष्ठ

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य