विमान दुर्घटनामा भाग्यले बाचेका यी नेपालीको बेदना, दिए यस्तो बयान

  • -लालिगुराश सम्बाद दाता
  • सोम, फाल्गुन २८, २०७४

    काठमाडौं २८ – विमान दुर्घटनामा भाग्यले बाँचेका बसन्त बोहोरा अस्पतालमा खुशीले पटक पटक रोए, फेरी रुँदै भने म बाँचे पनि मेरै सिटमा बसेका साथी गुमाएँ ।
    विमान दुर्घटनामा भाग्यले बाँचेका बसन्त बोहोराको अवस्था अहिले सामान्य बन्दैै गइरहेको छ ।

    दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराउन खोज्दा खोज्दै धावनमार्गमा धसारिएपछि आगलागी भएको बसन्त बोहोराले बताए ।

    ३३ नेपालीसहित ७१ जना सवार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेपछि बसन्त बोहोरा विमानको झ्याल फुटाएर बाहिर निस्किएपछि भाग्यले बाँचेको बताएका छन् ।

    उनले अस्पतालमा पटक पटक खुशीले रुँदै भने म त बाँचे तर दुख लागेको छ सँगै मेरै सिटमा बसेका नेपाली दाजुभाईहरुको अवस्था देख्दा र सुन्दा धेरै दुख लागेको छ ।

    चारजना चालक दलका सदस्य ७१ जना सवार रहेको उक्त विमान दुर्घटनामा परेपछि आगो लागेको थियो ।

    केही यात्रुको सकुशल उद्धार गरिएको छ । बंगलादेशको यूएस बंगला एयरलाइन्सको ड्यास ८ क्यू ४०० उक्त विमान सोमबार दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लेर दुर्घटना भएको हो ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य