प्रधानन्यायाधीश पराजुली नेतृत्वको पुर्ण इजलास न्यायाधीश राणाले बहिष्कार

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    सोम, फाल्गुन २८, २०७४

    काठमाडौं– प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको पुर्ण इजलास न्यायाधीश चोलेन्द्र समशेर राणाले बहिष्कार गरेका छन्। प्रधानन्यायाधीश पराजुलीको अवकाश गत साउनमै भएको दाबी गर्दै न्यायाधीश राणाले पूर्ण इजलास बहिस्कार गरेका हुन्।

    न्यायाधीशले बहिष्कार गरेसंगै इजालास स्थगित भएको छ। पराजुलीले गाेविन्द केसी र कान्तिपुर पब्लिकेशनविरुद्ध परेको अवहेलनाको मुद्धामा आफ्नै नेतृत्वमा पूर्ण इजलास गठन गरेका थिए। इजलासमा न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, दिपककुमार कार्की, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए।

    आज गाेविन्द केसी र कान्तिपुर पब्लिकेशनको अवहेलना मुद्धा पूर्ण इलजालसमा बहस पैरवी हुन लाग्दा राणाले लिखित वक्तव्य सुनाउदै इजलास बहिष्कार गरे। उनले वर्तमान प्रधानन्यायाधीश पराजुलीले गत साउनमै उमेर हदका कारण अवकाश प्राप्त गरेको दाबी गरे।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य