अब पत्रकार देखि नेता रा व्यापारी सबैलाई जेल हान्छु :मन्त्री मात्रृका यादव

  • -लालिगुराश सम्बाद दाता
  • सोम, फाल्गुन २८, २०७४

    फागुन २८, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले नेपाल आयल निगममा रहेर बदनाम भइसकेका गोपाल खड्कालाई अब निगमको नेतृत्व नदिने स्पष्ट पारेका छन् ।

    टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले राम्रै मान्छे भए पनि बदनाम भइसकेपछि अब खड्का योग्य हुन नसक्ने बताए ।

    “जनता र देशको नजरमा गिरिसकेको मान्छेले अर्कै किसिमले प्रस्तुत गर्नुपर्छ ।” यादवले भने ।

    मन्त्री यादवले अहिलेको सरकारले देश र जनताप्रति प्रतिवद्ध भएर काम गर्नुको विकल्प नभएको बताए ।

    कमिसनतन्त्र, भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा आफु लाग्ने उनको भनाई छ ।
    “राष्ट्रलाई क्षति पुर्याउनेलाई छुट हुँदैन । पहिलाको जस्तो समय अहिलेको होइन ।” यादवले भने

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य