भुक्तानीमा ढिलाई ऊखु किसानहरु द्वारा मिल अगाडी धर्ना प्रदर्शन

  • -लालिगुराश सम्बाद दाता
  • सोम, फाल्गुन २८, २०७४

    फाल्गुन २८ – नवलपरासीको गंगापुर स्थित ईन्दिरा सुगर मिल आगाडी ऊखु किसानहरुले धर्ना प्रदर्शन शुरु गरेका छन ।
    ऊखु किसानहरुको मुख्य आर्थिक स्रोत ऊखु नै रहेको हुदाँ करिब ८० प्रतिशत ऊखु क्रसिंग सकिन लाग्दा पनि किसान हरुको भुक्तानीमा ढिलाई गरेको हुदाँ प्रदर्शन गरिएको हो ।
    समयमा भुक्तानी नपाऊदाँ ऊखु किसानहरुलाई निकै समस्या भोग्न परेको छ । क्रसिंग समय सकिन लाग्दा मिलले भुक्तानी गर्न आलटाल गरेको र बिचौलिया हरुलाई मात्र भुक्तानी गरेको कृषक युवराज मौर्याले जानकारी दिनु भयो । उक्त मिलले यो बर्ष अहिले सम्म करिब पाँच लाख क्विन्टल क्रसिंग गरिसकेको हुदाँ पनि हाल सम्म जम्मा करिब ७ करोड को भुक्तानी मात्र गरेको मौर्याले बताए ।
    करिब दुई हप्ता पहिला शिघ्र भुक्तानीको माग गर्दै ऊखु किसानहरुले मिलको मुख्य गेट र चिनी गोदाममा ताला बन्दी समेत गरेपनि मिलले कुनै चासो नदेखाएको किसानहरुले आरोप समेत लगाएका छन ।
    जिल्लामा कुल तिन वटा मिल रहेको हुदाँ र यो बर्ष लुम्बिनी चिनी उधोग बन्द भएपछि ईन्दिरा सुगर मिल गंगापुर र बागमती खाडसारी उधोग कुडीया मात्र संचालनमा रहेका छन ।
    सहबान अन्सारी

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य