आजैदेखि खानुहोस स्याउ रातमा एक पटक हुने छ तपाइले सोच्न नसकेको इक्षा पुरा

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, बैशाख २७, २०७५

    काठमाडाैँ । मधुमेह एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निक्कै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सीमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदैछौं जुन मधुमेह नियन्त्रणका लागि खान आवश्यक छ ।

     स्याउ : दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्छ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई मद्दत गर्छ । यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाईन्छ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्यस्थिती जाँच गर्दा हप्तामा ५ वा सो भन्दा बढी स्याउ खाने मानिसमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने जनाएको छ ।

     

     सिमी :सिमीमा प्रचुर मात्रामा फाईबर पाइन्छ । साथै,यो प्रोटिनको राम्रो स्रोत मानिन्छ । जसका कारण मधुमेहका रोगीले यसलाई आफ्नो खानामा सामेल गराउनु आवश्यक छ । सन २०१२ मा गरिएकाखे उक अध््नुसन्धानका अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रामा सन्तुलित हुन्छ भने ब्लड प्रेसर पनि कम गर्छ ।

    ब्रोकाउली:ब्रोकाउलीमा बेटा क्यारोटिन नामक एीन्टअक्सिडेन्ट पाईन्छ । जसले मधुमेह रोगीलाई फाईदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत हड्डी, छाला र आँखालाई फाईदा पुर्याउछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लाथि निक्कै लाभदायक मानिन्छ ।

    गाजर:गाजरलाई भिटामिन ‘ए’को खानीका रुपमा लिईन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मक्ति दिने मायो क्लिनिकलले बताएको छ ।

    माछा:सन २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाउको छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

    प्याज: प्याजमा मधुमेहका रोगीलाई फाईदा पुर्याउँने फाइबर, पोटासिम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संmग्न गर्न अत्यावश्यक छ । सन २००२ मा अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोननोइड क्वेरसेटिनले दीर्घ रोग लाग्नबाट बचाएँछ ।

    लसुन:खानालाई मिठो बनाउन हामिले प्रयोग गर्ने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्तचाप र क्यान्सरको खतरालाई टाढा राख्छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य