भारतीय सरकारले कडा कदम चाले पछी देश छोड्दै भारतीय करोडपति

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, चैत्र ६, २०७४

    नयाँ दिल्ली (भारत) । सन् २०१४ यता भारतले सबैभन्दा धेरै करोडपतिको सङ्ख्या गुमाएको एक तथ्याङ्कले देखाएको छ । कालो धनमाथि अङ्कुश लगाउन चालिएका कदम नै भारतबाट करोडपति गुम्नुपछाडिको प्रमुख कारण रहेको अमेरिकी बैङ्क मोर्गन स्ट्यान्लीका उदीयमान अर्थतन्त्र प्रमुख र प्रमुख रणनीतिकार रुचिर शर्माको नेतृत्वमा तयार पारिएको तथ्याङ्कले यस्तो देखाएको हो । आप्रवासीबाहेक देशभित्रै काम गर्ने र बस्ने १० लाख डलरभन्दा बढी नेट वर्थ भएका व्यक्तिलाई करोडपतिका रूपमा व्याख्या गरिन्छ ।

    सन् २०१४ यता झण्डै २३ हजार जना करोडपतिले भारत छोडेको तथ्याङ्क छ । देश छोडेर बाहिर जाने करोडपतिको यो सङ्ख्या फ्रान्स र चीनभन्दा पनि धेरै हो । सन् २०१७ मा मात्रै ७ हजार जना करोडपतिले भारत छोडेको पाइएको छ । भारतका २ दशमलव १ प्रतिशत धनी भारत छोडेर अन्यत्र गएको तथ्याङ्क आएको छ । उता, फ्रान्स र चीनका क्रमशः १ दशमलव ३ प्रतिशत र १ दशमलव १ प्रतिशत धनीले देश छोडेर गएका छन् । नेटवर्थ वल्र्डले १ लाख ५० हजार करोडपतिबीच गरिएको सर्वेक्षणबाट प्राप्त प्रारम्भिक तथ्याङ्कको मूल्याङ्कन गरेर यो प्रतिवेदन तयार पारेको हो ।

    करोडपतिको सङ्ख्या घट्दै गएपछि भारतमा यिनीहरूले गर्ने लगानी र उपभोगको फाइदा पनि गुम्ने विश्लेषण गरिएको छ । अकल्याण्ड, दुबई, मोण्ट्रेयल, तेल अबिब र टोरोण्टो विश्वका धनाढ्यहरूका लागि सबैभन्दा लोकप्रिय गन्तव्य रहेका छन् । तैपनि, बेलायत, दुबई र सिङ्गापुर भारतका उच्च नेटवर्थ भएका व्यक्तिहरूको सबैभन्दा लोकप्रिय गन्तव्य बनेको बताइएको छ । यी गन्तव्यका लागि उनीहरू आफ्नो देश छोड्न तयार रहेको पाइएको छ । यस प्रतिवेदनमा भौतिक रूपमै अन्य राष्ट्रमा सरेका र त्यहाँ ६ महीनाभन्दा बढी समय बिताएका व्यक्तिहरूलाई समावेश गरिएको छ । तर, यसमा देशबाहिर पनि घर हुने तर भौतिक रूपमा सधैंका लागि त्यहाँ नसरेका व्यक्तिलाई भने समावेश
    गरिएको छैन ।

    भारतबाहेक फ्रान्स पनि सबैभन्दा धेरै करोडपति गुमाउने शीर्ष तीन राष्ट्रमध्ये एक हो । त्यहाँ उच्च कर प्रणालीका कारण करोडपति अन्यत्र सर्ने गरेको पाइएको छ । त्यस्तै, बेलायतले यूरोपेली सङ्घ छोड्ने निर्णय गरेका कारण गतवर्ष बेलायतका करोडपतिले पनि देश छोडेर अन्त गएको पाइएको छ ।

    भारतमा भ्रष्टाचारविरोधी योजनासँगै कठोर कर नीति, कालो धनमा अङ्कुश लगाउने जस्ता केही योजनाले धनीहरूलाई अर्को देशमा बसाइँ सर्न बाध्य पारेको बताइएको छ । एजेन्सी

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य