प्रधानमन्त्री ओली र बंगलादेशका मन्त्रीबीच यस्तो कुराकानी – पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री ए.के.एम. शाहाजहाँ कमालले शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीले फागुन २८ गते भएको यूस बंगलाको विमान दुर्घटनालाई दुःखद भनेका छन् । मन्त्री कमालले नेपाल सरकारले वमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका थिए ।

    नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी दिए । प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री,सरकार र जनतालाई समवेदना सहित सहानुभूति प्रकट गरेका छन् ।

    प्रधानमन्त्री ओलीले घटनाको छानबिनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी समेत दिएका छन् । आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य