चर्चित गायक भगवान भण्डारीे अकस्मात अस्पतालको बेडमा,के समस्याले गरियो अस्पतालमा भर्ना ?पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन ३०, २०७४

    फागुन ३०, काठमाडौं । खैरेनीमा गेट, फुलमा भमरा, वनमा काँडा छ, विग्रो चालपनि, मौरी फूल माथी, चैतमासको हुरीले डाली लर्कायो, लोकतन्त्रको कोपिला लाग्यो, चार दिन छुट्टी, मेरी माया आईनन् फर्केर, मनैमा पिरको भारी छ, दिलको ढोका बन्दर गरेर जस्ता गीत गाएर लोक पारखीको मन जित्न सफल चर्चित लोक गायक भगवान भण्डारी अस्वस्थ्य भई अस्पताल भर्ना भएका छन् । पछिल्लो केहि वर्ष यता अमेरिका बस्दै आएका गायक यति बेला अस्पतालमा उपचारार्थ छन् ।
    अचानक असह्य पेट दुखे पछि भण्डारीलाई अस्पताल भर्ना गरिएको जानकारी अमेरिकामा बस्दै आएका अर्का गायक कन्हैया सिंहले हामीलाई दिए । उनलाई अमेरिकाको बाल्टिमोर अवस्थित फ्रेंक्लिन स्कुवार हस्पिटल, रोजडेलको इमरजेन्सीमा भर्ना गरिएको थियो । आन्द्रामा घाउ ‘Diverticulitis ’ भएका सफल रुपमा अप्रेसन भएको छ । अहिले उनको स्वास्थ्य स्थिती सामान्य बन्दै गइरहेको छ । डाक्टरका अनुसार २ हप्तासम्म भण्डारीले अस्पतालमै बस्नु पर्ने छ । डिस्चार्ज भएपछि पनि भण्डारीले कम्तीमा २ महिना बेड रेस्ट गर्नु पर्ने छ ।
    गायक भण्डारीलाई भेट्न गायकद्वय कन्हैया सिंह र लक्ष्मण पौडेल लगायत आफन्तजन र शुभचिन्तकहरु अस्पताल पुगेका छन् ।

    गायक भगवान भण्डारीलाई शिघ्र स्वास्थ्य लाभको कामना ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य