नआउने भयो वैशाखमा पनि पाइपलाइनबाट पेट्रोल , कहिले आउछ त ?

  • -लालिगुराश सम्बाद दाता
  • आइत, चैत्र ३, २०७५

    भारतबाट पाइपलाइनमार्फत आउने भनिएको पेट्रोलियम पदार्थ आउन अझै केही समय लाग्ने भएको छ। वैशाखसम्म सबै काम सकेर पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य भए पनि पाइप बिच्छ्याउन बाँकी रहेकाले केही समय लम्बिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

    जम्मा ७० किलोमिटरको पाइपलाइन भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बिछ्याउनुपर्ने हो। निर्देशक पौडेलका अनुसार पथलैयादेखि अमलेखगञ्जसम्म अझै ८ किलोमिटर पाइप बिछ्याउन बाँकी छ। यो क्षेत्रमा रूख कटानको काम लम्बिएपछि वैशाखमा भनिएको पेट्रोलियम पदार्थ नआउने भएको हो।

    रूख कटानका निम्ति क्याविनेटले निर्णय गरेपछि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) ले टेण्डर आह्वान गरेको हो। टेण्डर प्रक्रियामा जाँदा समय लम्बिएकाले वैशाखमा नै आउने सम्भावना कम भएको पौडेलको भनाइ छ।

    ‘धेरै ढिला त हुँदैन। एक महिना जति हो। वैशाखको अन्तिमसम्म भए पनि ल्याउने योजना छ। त्यहीअनुसार काम गरिरहेका छौं,’ उनले भने। वैशाखको अन्तिमसम्म पहिलो परीक्षणका रूपमा भए पनि ल्याउने योजना रहेको उनले बताए।

    भारततर्फ भने पाइपलाइन बिच्छ्याउने काम सकिएको उनले जानकारी दिए। टिसिएनले एक साताअघिबाट रूख काट्न थालिसकेको छ। नौ किमीमध्ये सात किमीमा रूख कटान काम बाँकी छ। रूख काट्दै जाने र काटिएको ठाउँमा पाइपलाइन बिच्छ्याउँदै लगिने पौडेलले बताए।

    पौडेलका अनुसार पथलैयादेखि अमलेखगञ्जसम्म ६ हजार ९ सय ५३ टा रूख काट्नु पर्नेछ। ती रुखबाट आएका दाउरा स्थानीयलाई दिने नेपाल सरकारको नीति छ।

    दाउरामा स्थानीयबीचको विवादले पनि पाइप लाइनको काम लम्बिएको निर्देशक पौडेलले बताए। आ–आफ्नो क्षेत्रमा परेको रूख त्यस क्षेत्रका स्थानीयले लिनेगरी सहमति भएको छ।

    गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए। त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको हो।

    अमलेखगञ्ज डिपोभित्र ४ वटा ट्यांकी छन्। दुइटा ट्यांकीको मर्मतसम्भार र पाइप फेर्ने काम सकिएको छ। दुइटाको बाँकी छ। यो सफा गर्ने काम भारतीय आयल कर्पोरेशनले गर्दै आएको छ।

    पाइपलाइनबाट प्रतिघण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। यसरी पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने अनुमान छ।

    यो परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले भारू २ सय करोड अनुदान दिएको छ। नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ।

    नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमको भनाइ छ।

    यसमा तपाइको मत

    ट्वीटर

    फिचर न्युज बाट अन्य

    पारस खड्का र धुर्मुस सुन्तलीले स्टार अनमोल देखि प्रदिप खड्का सम्मलाई यसरी क्रिकेट मैदानमा भिडाउदै

    ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा फेरी अर्को एक ससक्त कार्यक्रम हुने भएको छ।धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको उक्त रंगशालामाको लागि सहयोगार्थ क्रिकेट खेल हुने भएको छ। नेपालका चर्चित चर्चित कलाकार देखि खेलाडी...

    १४ बर्षीय बालिकाको अन्जु पन्तको भन्दा मिठो आवाज !परिवारमा बिचल्ली बुबाको मृत्यु आमाको अबस्था नाजुक(भिडियो हेर्नुहोस)

    पछिल्लो समय युटुबमा नया प्रतिभाहरुको खोजि प्रसस्तै देखिन्छ सोहि क्रममा एउटा यस्तो अदभुत आवाज मिडियामा आएकी छिन्।उदयपुरको कटारीकि १४ बर्षीय बालिका मनिशा गजमेर मिडियामा देखिएकी हुन्।सुमधुर आवाज भएकी मनिषालाई धेरैले अन्जु पन्त भन्दा कम...

    पत्रकार रबि लामिछानेलाई ठाडो चेतावनी दिदै दिल निशानिले भने :मानसिक रोगको औषधि खानुहोस-हेर्नुहोस पत्रकार र दिल निशानीको चर्काचर्की

    काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेको भनाईको खण्डन पछिल्लो समय ब्यापक हुन थालेको छ। उनले आफुले कहिले पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही पनि नभनेको प्रतिक्रिया दिए संगै एता अर्का लेखक तथा विश्लेषक...

    मध्यरातमा बाहिरियो चित्रबहादुरको डरलाग्दो खुलासा:सिके राउतले तराईलाई भारतमा सुम्पिदै, तराई अब दोश्रो सिकिम बन्ने खतरा!

    प्रभाबसाली कम्युनिष्ट नेता चित्रबहादुर केसीले देश खतरामा रहेको खुलासा गरेका छन।लालीगुराँस सम्बादमा कुराकानीको क्रममा उनले देश खतरामा रहेको खुलासा गरे।सिके राउत संग सम्झौता हुने बिथिकै थप शंका उब्जिएको उनि बताउछन।’जसरी सिकिम भारतको कब्जामा पुग्यो...

    परदेशी गायक बनेर चिनिने लोकप्रिय गायक सुर्य खड्का र सिता श्रेष्ठको आवाजमा आयो अर्को कारुणिक गीत “अभागी'(भिडियो)

    जापानमा रहेका लोकप्रिय गायक सूर्य खड्का र सम्भावना बोकेकी लोकप्रिय गायिका सिता श्रेष्ठको आवाज रहेको निकै उत्कृष्ट गीत अभागी भर्खर मात्र सार्वजनिक भएको छ ।उत्कृष्ट गीत सिर्जना गर्न माहिर मानिने शिव अखेलीको मुटुनै छुने...

    विदेशबाट डिभोर्स दिन नेपाल आएका कैचिवालिको श्रीमान यसरी बेहिजत गरि विदेश लागे!आफुले नग्न फोटो पठाउदा ब्याकमेल गरेको दिबिसाको खुलासा(हेर्नुहोस कुराकानी)

    केहि समय अगाडी युटुबमा भाइरल भएकी कैचिवाली भनेर चिनिने एक ब्युटी सैलुन ब्यबसायी दिबिशा शर्मा आफ्नो श्रीमानले लगाएको आरोपको खण्डन गर्दै मिडियामा आएकी छिन।केहि दिन अगाडी श्रीमानले मिडियामा आएर दिबिसाले ३६ लाख पैसा खाएर...

    बिष्णु माझीको जस्तै आवाज भएकी आगोले जलेकी धना परियारको भयो हातको उपचार,सेक्युरिटी गार्ड दाजुभाईले रुदै धन परियारलाई गरे सहयोग

    केहि समय अगाडी आगोले जलेर खरानी जस्तै भएकी धना परियारको उपचारको लागि देश देखि बिदेश सम्मका नेपालीहरुले सहयोग गरिरहदा एता एक सेक्युरिटी टिमले पनि सहयोग रकम हस्तान्तरण गरेको छ।आफ्नो कमाईको केहि दिनको तलब काटेर...

    मिडियामा टिका टिपणी गरेर नबस्नुहोस ‘हेर्दै जानुस सिके रावतलाई मन्त्री बनाएर छाडछन् : सुरेन्द्र केसी (भिडियो)

    काठमाडौं । केहि दिन अगाडी सिके राउतलाई सरकारले स्थान दिएको भन्दै बिभिन्न बुद्धिजिबी तथा विश्लेषकहरुले कडा टिपप्णी गर्न थालेका छन्। मिडिया तथा सामाजिक संजालमा देखिएको सिके राउतको आतंकले समाजलाई झन् बिचल्लित बनाएको डा सुरेन्द्र केसीको...

    सलमान खानसँग इदमा फिल्म रिलिज गर्न अक्षय कुमारले लिए अनुमती

    बलिउड अभिनेता सलमान खानले हरेक वर्षको इदमा आफ्ना प्रशंसकलाई विशेष उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्छन् । हरेक इद सलमान खानका लागि निकै विशेष हुन्छ । सन् २००९ मा वान्टेडदेखि सन् २०१९ मा भारतसम्म...

    कार दुर्घटनापछि यस्तो हालतमा भेटिए पत्रकार धमला,दुर्घटनामा को दोषि ?घाइतेहरुको खुट्टानै काट्नु पर्ने!

    काठमाडौं ।लोकप्रिय पत्रका ऋषि धमला आफ्नै कार दुर्घटनामा परेका छन।बिहान रेडियो जाने क्रममा बाटोमा मोटरसाइकल र कार एक आपसमा ठोकिएको थियो।उनि दुर्घटना पछि आफ्नै निवास फर्किएका छन। सामान्य उपचार पछि घर फर्किएका ऋषि धमला मिडियामा...