अछामी गायक गणेश भाट एकाएक चर्चामा ……

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन २९, २०७४

    अछाम । पछिल्लो समय लोक संगितको क्षेत्रमा चिन्निदै आएको नाम हो गायक गणेश भाट ए सी ।
    २०७३ साल देखि गायन क्षेत्रमा प्रबेश गरेका गायक यसि निरन्तर लोक संगीतको यात्रामा छन ।

    नेपाली लोक सस्कृतिलाई जोगाई राख्न निरन्तर लागीपरेको गायक यसि बताउनुहुन्छ । उहाका थुप्रै गितहरु बजारमा आईसकेका छन । लोकगित संगसंगै आफनोे देउडा संस्कृतिलाई पनि संगै अगाडी बढाउने आफ्नो प्रमुख उदेश्य रहेको यसि बताउनुहुन्छ । पछिल्लो समय स्रोताका माझ लोकप्रिय बन्दै गएका गायक यसि (लम्की चिसापानी र तिज कोसेली झुमी झुमी नाच) यि दुई गीतबाट गायक यसि लोकप्रिय बन्दै गएका हुन ।
    गायन क्षेत्रमा प्रबेश पछि अहिलेसम्म बिचमा धेरै अप्ठयारा मोडहरु आए तैपनि स्रोताको माया र साथ सहयोगले गर्दा निरन्तर लागीपरेको गायक यसि बताउछन ।
    बिद्यार्थी जिबन देखि गीत संगित लाई मनपराउने गायक यसि सुरुमा चर्चित देउडा गायक राजाराम भाट र लोक गायक भागीरथ चलाउनेबाट एकदमै प्रभाबित हुनुभयो ।
    गीत संगितलाई एकदमै मन पराउने यसि बिद्यार्थी जिबनमा बिभिन्न कलेजहरुका प्रतियोगीतामा प्रथम भएको अनुभब अझैपनि ताजा रहेको गायक यसि स्मरण गर्नुहून्छ । आगामी दिनहरुमा गित संगितमा आफै भिडियो निर्देशन गर्न लागीरहेको पनि यसि बताउछन ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य