संविधान दिवसः मधेसका दुई दल दुईतिर, फोरमका कार्यकर्ता विभाजित ||

  • -लालिगुराश सम्बाद दाता
  • बुध, अशोज ३, २०७५

    असोज ३ मा कालो दिवस मनाउने कि कालो दिवस भन्ने विषयलाई मधेसम यतिबेला चर्चामा छ । मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ ।

    मधेसबाट पहाड उक्लिन लागेको अर्को दल संघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन् ।
    संविधान दिवस मनाउने र कालो दिन मनाउने विषयमा फोरम विभाजित भईरहेको बेला राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने असोज ३ गते मधेसका सबै जिल्लामा विरोधसभा आयोजना गर्ने निर्णय सार्वजनिक गरेको छ ।विरोधसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष मण्डलका जिम्मेवारी तोकिएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य