आईएस लडाकुसँग विवाह गर्ने चार जना महिलालाई मृत्युदण्ड – पुरै पढ्नुहोस

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, फाल्गुन ३०, २०७४

    बग्दाद, ३० फागुन । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिनुभएको छ । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ ।

    आइएस लडाकूहरूसँग बिहे गरेर आक्रमण र हिंसाका लागि आवश्यक युद्धसामाग्री पनि उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको आरोप सो अदालतको छ । यस अभियोग ती महिलाले स्वीकार गरेका छन् । मृत्युदण्डको सजाय सुनाइएका ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीलाई कालो पोशाकमा केही दिनमात्र अघि बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो ।

    इराकको मोसुल सहरबाट आइएस लडाकूलाई लखेटेपछि इराकी सुरक्षाफौजले आइएसको संलग्नताको खोजी गरिरहेको छ । सुरक्षा फौजले पछिल्लो समयमा ५०० भन्दा बढी र बालबालिकालाई विभिन्न सहरबाट पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ ।
    rajdhanidaily बाट साभार

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य