कैलालीका मेयर ममताप्रसाद चौधरी माथि गोली प्रहार, गम्बिर घाइते भएका मेयरलाई उपचारका लागि काठमाडौं

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, फाल्गुन २९, २०७४

    काठमाडौं, २९ फागुन । गोली प्रहारवाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको नेपालगन्ज मेडिकल कलेजमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो । चौधरीलाई नेपालगन्जवाट हेलीकप्टरमा केही बेरअघि टिचिङ अस्पताल ल्याइएको छ ।

    चौधरी माथि सोमवार सांझ केही ब्यक्तिले धारीलो हतियार प्रहार गरी गोली समेत हानेका थिए । चौधरीको अवस्था गम्भिर छ । उनको कम्मरमा गोलीको छर्रा लागेको छ भने टाउकोमा धारीलो हतियारका कारण गम्भिर चोट छ ।

    मेयर चौधरीमाथि गोली प्रहार गरेको घटनाको विरोधमा एमालेको युवासंगठनले मंगलवार कैलालीको सुख्खड बजार बन्दको आह्वान गरेकोचौधरीलाई उनकै निवासमा सोमबार साँझ गोली र खुकुरी प्रहार भएको थियो । चौधरीको टाउकोमा खुकुरी र कम्मरमुनी गोलीको छर्रा लागेको छ । प्रहरीले घटनास्थलबाट से २ प ३६७१ नम्बरको मोटरसाईकल पनि बरामद गरेको थियो ।गोली हानेको अभियोगमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले तीन जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

    छ । गत बिहीबार घोडाघोडी नगरपालीकामा राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरी लगायतको समुहले कुटपिट गर्दा मेयर चौधरी मुकदर्शक बनेको भन्दै उनको आलोचना हुदै आएको थियो । उनले युवतीलाई कुटपिट गर्ने झाँक्रिलाई प्रहरी नियन्त्रणवाट छुटाउन समेत पहल गरेको अभियोग लगाइएको थियो ।

    त्यही विषयलाई लिएर उनीमाथी विप्लवको नेकपाका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी नेकपाले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य