प्रकाश सपुतको लुरुरु सालको पात संग मिल्दा मौन सस्था,किन बोल्न चाहेनन् सम्बन्धित कलाकार?पढ्नुहोस

कलाकारको अपमानमा संघसस्था चुप !


  • -कमल सरगम
  • मङ्ल, बैशाख २४, २०७६

    कमल सरगम।लोक गीत भनेको सिंगो मातृभूमिको एक सान्तन हो।लोक गीत नेपालीहरुको एक सस्कृति र सस्कार बोक्ने धार हो।हामी गीत संगीतबाट मनोरंजन मात्रै लिदैनौ गीत संगीतको भावमा पनि डुब्ने गर्दछौ।कतिपय गीतहरु बास्तबिक कथा व्यथामा जोडिएको हुन्छ कतिपय भने काल्पनिक रहन्छ।सृजनाको मापन गर्ने अहिले सम्म कुनै यन्त्र निर्माण भएको छैन,तर दर्शक श्रोतकै मुल्यांकनमा सृजनाको मापन हुदै आएको छ।प्रसंग पछिल्लो समय दोहोरीमा आएको आमुल परिवर्तनको।

    कुनै समय दोहोरी भनेपछि नाख खुम्च्याउनेहरु यो बेला दोहोरी गीतमै झुम्न थालेका छन।डिस्को बार देखि गजल/दोहोरी/बिहे पार्टी सम्म दोहोरी गीतकै माहोल बढ्न थालेको छ अझ यसरी भनौ दोहोरीले नेपालको समग्र भेगलाई कब्जा जमाउन सफल भएको छ।कुनै समय चलचित्रमा समेत दोहोरी राखिन थाल्यो जसको प्रभाब चलचित्रका कलाकारमा पनि परेको देखियो।

     

    पछिल्लो केहि बर्ष दोहोरी गीतहरुले बजारमा सोचे जस्तो सफलता नपाउदा कलाकार निरास देखिन्थे।जस्तो पनि कलाकारको जन्म हुने र रहरले गीत गाउने प्रचलनको भने पछिल्लो समय अन्त्य भएको छ।उक्त प्रचलनले राम्रा सृजना र सुमधुर स्वरलाई भने दबाएको थियो।

    कुरा जोडौ पछिल्लो गीत संगीतको:सालको पात गीत भन्दा अगाडी उही खोलिको पानीले करोडको क्लब कब्जा गर्यो उक्त गीत सफल भए संगै कलाकारको सोच पनि बदलियो।सोहि अनुसार गीत बन्न थाल्यो,मौलिक गीत थियो उही खोलिको पानी।लोक गायिका देवी घर्ती मगर र राजन गुरुङको आवाज थियो उक्त गीतमा लय बसन्त थापाको रहेको थियो भने शब्द केशब पौडेलले लेखेका थिए।उही खोलिको चर्चालेनै दोहोरीमा परिवर्तन आयो र युटुबमा करोड कसरी कटाउने भन्ने होडबाजी कलाकारहरुमा बढ्न थाल्यो तर खासै उपलब्धि भने सो बर्ष हुन् सकेन उही खोलीले आफुले करोड पुर्याएको अबसरमा कार्यक्रम पनि राख्यो।यसको ठ्याक्कै २ बर्ष पछि फेरी खोला फर्किएको छ।

     

    उही खोलिको पानीको लय सर्जक बसन्त थापाकै लयमा नवराज पन्तको शब्द र लोक गायिका बिष्णु माझी र कुलेंद्र बिश्वकर्माको आवाजमा रहेको सालको पात छोटो समयमै करोड पुग्यो करोड मात्रै हैन एकाएक उक्त गीतले लोकदोहोरी गीतको उचाईनै चुलियो,गीत हाल ४ करोडको मुखमा छ यो दोहोरीको लागि भने सर्बाधिक हेरिएको गीत हो।सो गीतको सफलता संग संगै एता अर्का चर्चित सर्जक शिब हमालको शब्द संगीतमा त्यस्तै उत्कृष्ट सृजनाको जन्म भयो।लालुमै जुन २०७५ सालको अन्तिम सफल गीत थियो।उक्त गीतले पनि करोडको क्लब कब्जा गर्यो यसैको प्रभाब दोहोरीमा थपिन थाल्यो।

     

    बसन्त र शिबको भाकालाई दोहोरीले खोज्यो भनौ या दोहोरी कलाकारहरु बढी प्रभावित हुन थाले जसको प्रभाब एता तेजाश रेग्मिको पिडालु,बिक्रम रानाको साइलो,शम्भु कुँवरको मान्छे फकाएर आफ्नो हुदैन,दिनेश क्षेत्रीको केसरी,सरिता कार्कीको लाउच माया ,बिक्रम मल्लको सार्है मन अत्याउने,बिरही कार्कीको दर्शन छ निहुरेर,बिमल डाँगीको मायाको झण्डा, पशुपति शर्मा र सम्झना भण्डारीको क्यार्ण माया मारिचौ’,सम्झना भण्डारीको,औठी बेरुवाको,रबि कार्कीको जाउँ सुस्तै,बसन्त थापाको मत गाउँले ठिटो,गणेश अधिकारीको बलिदान,सतिश अधिकारीको भागेरी जस्ता गीतहरु पछिल्लो समय चर्चित बनेका गीत हुन् जुन गीतहरु आम दर्शकको रोजाईमा परेको गीत हो।यी गीतहरु पनि कतिपय कति गरेरै बजारमा ल्याईएका छन।

    प्रकाश सपुत बढी बाठो बनेर संगीत बिगारे :
    प्रकाश सपुत सृजनामा एक माहिर सर्जक पनि मानिन्छन,उनले सृजना गरेका गीतकै उदाहारण दिम ‘बोल माया’उक्त गीत आम दर्शकको मन मुटुमा बस्न सफल सृजना हो जुन गीत करोड भन्दा बढी दर्शकले युटुबमा हेरेका छन अझ यसरी भनौ प्रकाश सपुतको उक्त सृजना पहिलो हो जुन करोडको क्लबमा प्रबेस गरेको गीतमा।उनि संगीतमा राम्रै कलाकार मान्ने गर्दथे दर्शक श्रोतले केहि समय पछि उनले ब्याटल २ पनि बजारमा ल्याए ब्याटल एक बजारमा ल्याएर बिबादमा मुछिएका प्रकाशलाइ बोल मायाले थोरै राहत दिएको थियो तर ब्याटल दुई आउने बितिकै थप गालि प्रकाशलै बर्सिन थाल्यो।

     

    गत बर्ष उनले ब्याटलको गालिलाई छोप्न बोल माया ल्याएका थिए भने अहिले ब्याटल दुईलाई छोप्न लुरुरु हुरुरु बजारमा ल्याए,उनले सामाजिक सन्जालमै लेखेका थिए ‘मैले सालको पात संग प्रभावित भएर लुरुरु हुरुरु’गीत बजारमा ल्याएको छु’।तर उनले यो भन्न सकेनन् कि लोक भाका माटोको सम्पति हो।उनि प्रभावित त् भए तर दुरुस्तै प्रभावित हुदा गीत मिल्न पुग्यो,उता पिडालु संग पनि केहि बिट मिले पछि प्रकाशलाइ राहत भन्दा पनि बढी तनाब थपियो।

     

    प्रकाश उज्यालो खोज्दै थिए सबैतिर अन्धाकार देख्न थाले।उनका भगवानरुपी दर्शक यो बेला आक्रोशित र उनि प्रति निरास देखिन्छन।प्रकाशले सृजनालाइ कपि गर्दा थोरै ध्यान दिएका थिए भने एति सम्म पनि हुने थिएन।एता गायिका सुनिता अधिकारीलाई पनि थप तनाब थपिएको छ।

    उनले यो गीत बर्षौ पछि गएकि हुन्।प्रकाशलाइ आलोचना गर्नेहरुको होडबाजी चल्न थालेको छ।सामाजिक संजालमा लेखिएको छ ‘नया कलाकारले कपि गर्दा चोर हुने चलेकाले कपि गर्दा प्रभावित हुने?उसो भए म पनि,बोल माया दुरुस्तै निकाल्छु र प्रकाश सपुतको सिर्जना संग प्रभावित भए भन्छु मान्नु हुन्छ?’यस्तै प्रश्न र जिज्ञासा प्रकाशलाई खनिएको छ।प्रकाश मौन छन यो बिषयमा भने प्रकाश रहेको सस्था राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले पनि केहि बोलेको छैन यो बिषयमा।

    के भन्छन लोक संचारकर्मीका उपाध्यक्ष चन्द्रमणि गौतम ?

    आज भोलि लोक गीत सङीत को बजार तातेको छ।एकातिर खुसी त अर्को तिर दुःखी किन एस्तो भैरहेको छ।पछिल्लो समय मौलिकता बोकेका गीत सङीत त आउन थाले यो सुखद हो तर कलाकार मा महङो भिडियो गर्नु पर्ने बाध्यता सङै गीत सङीत मा सङीत को को ताल लगभग सबै गीत मा उस्तै छ।लय किन फरक बनाउन कन्जुस्याइँ गर्छ्न सर्जक लगभग एउटा गीत चले पछि उस्तै गीत बनाउन किन तल्लिन छ्न कलाकार ?

    लोक दोहोरी मा आधा कपडा लगाउने अनि नायिका लाई कथा ले मागे अनुसार च्ल्नु पर्छ भन्ने बाध्य बनाउने परिपाटीको को त अन्त्य भयो तर समग्र दोहोरी गीत एऔटै आउनु मा दोश कस्को छ?किन मौन छ यो सङ आबद्द संघ सस्था हरु किन बिकृती बिसङ्ती लाई नै आस्रय दिरहएको छ।सस्था मा बसेर सस्था को बिरुद्ध गीत सङीत प्रस्तुत गर्ने कलाकार लाई किन कार बाही गर्न सक्दैन।लोक गीत सङीत को सस्था हरु ।हामी भन्छौ जरै देखि एस्त्ता लाई नफाले सम्म लोक दोहोरी मा शुद्धता आउदैन चेतना भया

    के भन्छन यहि बिषयलाई विश्लेषण गरिरहेका दुर्गा पंगेनीले ?
    प्रकाश सपुतले बनाएको गीत बोलमाया नारायण रायमाझी र शान्तिश्री को आवाजले कर्णप्रिय भएको थियो भने त्यसको कथावस्तु ले दर्शकको मन जितेको थियो । प्रस्तुतिकरण सवल भएपछी लोकभाका सुमधुर नहुने कुरै भएन तर त्यै गीत प्रकाश सपुतले गाएको भए त्यती मार्मीक सुनिन्थ्यो होला त? यसै भन्न सकीन्न । पछील्ला उनका गीत सुन्दा स्वर कर्कसीलो सुनिदै आएको छ ।

     

    उनको नयाँ खाले गीतमा ब्याटलको नाममा झगडामात्र हुने र आधुनिक बाध्यवादनको चर्को आवाजमा कलाकारको स्वरको स्तरले खासै महत्व राखेको देखीदैन ।खासमा लय समात्न नसक्नेहरुले ब्याटल गीत गर्छन भन्ने आम आरोप पनि छ । प्रकाश सपुतले त्यसमा बल पुर्याएका छन ।

     

    झ्यालैमा लौका भन्ने गीतमा उनको स्वर समेत मिठो सुनिएको छैन । टिपीकल बनाउने नाममा ‘छुका’ ‘हुम्का’ जस्ता शब्द उच्चारण नमिठो गरी उच्चारीत हुन पुगेका छन ।खासमा “छुका” भन्दा त्यो उच्चारण चटक्कै काटिदैन छुकाआ..गरेर का लाई लम्ब्याएर उच्चारण गरिन्छ । होका^आ या गरेंका^आ, खाएँका^आ, हुम्का^आ गरेर अन्तिमको का लाई लामो गरी उच्चारण गरिन्छ । लौका गीतको लयलाई अलिकती फरक बनाउन खोज्दा उच्चारणमा पनि प्रकाश सपुत चुकेका छन !!

     

    समग्रमा उनी मध्यम स्तरका कलाकार हुन । स्तरीय हुनलाई उनले धेरै मेहनत गर्नुपर्ने देखीन्छ । ब्याटल बाट किशोर किशोरीका मन जितेका र बोलमाया बाट परदेशीएका श्रोता र परदेशीका परिवारको मायाले  अत्याधिक उडान भरेका सुपुतले सफल अवतरणको प्लेटफर्म भने गतीलो चुनेनन । उनले सृजनामा ध्यान दिनु जरुरी छ । अरुबाट प्रभावित होईन आफ्नै मौलिक सृजनाले उनलाई माथी पुर्याउनेछ ।

     

    म उनको सुभचिन्तक हुँ । उनीप्रति अझै आशावादी पनि छु की उनले पक्कै स्तरीय सृजना दिनेछन बस उनले मेरो आलोचना लाई गाली जसरी ग्रहण गर्न भएन ।

    किन चुप छ बद्री पंगेनी अध्यक्ष रहेको लोकदोहोरी प्रतिष्ठान ?
    राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानकै कलाकार हुन् प्रकाश सपुत।उनि प्रतिष्ठानको उपत्यका समोनब्य समितिको सचिब हुन्।उनि जोडिएको सस्थाकै केन्द्रीय कमिटिको कलाकार बसन्त थापाको भाका हो सालको पात टपरी हुने।यही भाका संग केहि प्रतिशत मेल खान्छ लुरुरु हुरुरु।लुरुरु हुरुरुलाई आवाज उठाउने सस्था र कलाकार बसन्त पनि मौन छन।यस्तै हो भने फेरी दोहोरी फेरी पुरानै अबस्थामा फर्किने देखिन्छ।जसरी कलाकारले ७१ साल देखि ७४ साल सम्म आफुलाई अब्बल कलाकार बनाउन सकेका थिएनन अझ भन्नु पर्दा आफु विस्तापित हुन् पुगेका थिए त्यस्तै हुन् सक्छ अब फेरी दोहोरी क्षेत्र र दोहोरी कलाकारहरु।

     

    यी गीतहरु एकै एरेन्जरले एरेन्ज गरेका हुन् आशिष अविरल स्वयम् एक प्रख्यात संगीतकार हुन् किन अविरल आफैले उक्त गीत एरेन्ज गर्दा कलाकारलाई सुझाब दिएनन?कि उनकै मिलेमहतोमा त् यी गतिबिधि भएको हो? यो भने बाहिर आउन बाँकी छ।

    यता लोक गायक बद्री पंगेनी त् बोल्न नै खोज्दैनन् यी बिषयमा उनलाई चासो छैन र होस् पनि कसरी पटक पटक प्रकाश ले गरेको कमजोरीलाई प्रतिष्ठानलेनै गालि खादै आएको छ।यो पटक पनि पंगेनी नेतृत्वलाइ नराम्रो संग धक्का लागेको छ पंगेनीले न बोल्दा एता दर्शक श्रोता पनि आक्रोसित छन।कतै पंगेनीले पनि प्रकाशको बचाउ गर्न खोजेको त् हैनन् ?उता पंगेनी प्रतिष्ठानको भवन निर्माणमा लागिरहेको हुदा एता गीत संगीतको अबस्थालाई चित्रण गर्न नपाएका त् हैनन्?त्यो हो भने पंगेनी नेतृत्वले तत्काल यो बिषयमा पनि ध्यान दिनुपर्ने देखिन्छ।बद्री पंगेनीकै नेतृत्वले यस भन्दा अगाडी प्रकाश सपुतको ब्याटललाइ भने प्रतिबन्ध लगाउदै केहि शब्द र गलत दृष्यहरु हटाएर अपलोड गर्ने अनुमति दिएका थिए।

     

    यो बिषयमा पिडित कलाकार भने अहिले सम्म बोलेका छैनन्।कलाकारको सृजनाको सपोर्ट गरिरहदा कलाकारहरु भने मौन देखिएका हुन्।आवाज उठाउदा सम्बन्धित स्थान र व्यक्तिले चासो न दिने भएर पनि न बोलेको पिडित व्यक्तिहरुको भनाई छ।हेरौ यो बिषयले कुन रुप लिनेछ।

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    पुलिस प्रशासनको आडमा कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरि सरकारका मन्त्रीले गुण्डागर्दीको शैली अपनाएको वरिष्ठ नेता पौडेलको दाबी …

    काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुर पुर्नवासमा नेकपा कार्यकर्ताहरुको आक्रमण परि घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। घाइते मध्ये उपचारका लागि काठमाडौं ल्याइएका गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई राजधानीको न्युरो अस्पताल...

    प्रकाश सपुतको च्यानलमा भाई देवेन्द्र बब्लुको पहिलो गीत “कसरी “सार्बजनिक

    चर्चित भिडियो सम्पादक प्रबिन भट्टको निर्देशनमा नयाँ गीत “कसरी” सार्वजनिक भएको छ।प्रतिभाशाली नवप्रतिभा देवेन्द्र बब्लुको पहिलो कोसेली “कसरी” प्रकाश सपूत अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ। रोहिनी भट्टराईसंगकाे सहकार्यमा भाका नेपालको प्रस्तुतीमा सार्वजनिक गरिएको...

    अग्रज लोक गायक बिष्णु खत्री प्रेमिका संग खेत रोप्दै गरेको भिडियो भाइरल

    किसानी दाईको हलो र जुवा,बेशी खोला खेत जस्ता कालजयी बर्खे गीतहरुका होनहार सर्जक तथा अग्रज गायक बिष्णु खत्रीको नया बर्खे गीत’बर्खा’ बजारमा आएको छ।बिष्णु खत्रीको सृजना आउनु अगाडिनै बेग्लै चर्चा हुने गर्छ सांगीतिक बजारमा।माहोल...

    ओली प्रचण्डबिच भेटवार्ता – ओलीले बहुदलीय जनवाद भन्ने आफ्नो प्रस्ताव फिर्ता लिएपछि विवाद मिल्यो..

    काठमाडौँ – पार्टीभित्र जारी विवाद समाधानको प्रयासमा सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्रीसमेत रहेका ओलीको सचिवालयले जनाएको छ ।...

    युवा सर्जक अनिल खनाल’को लय तथा रचनामा मर्मस्पर्शी गीत (फर्केर आइदेउन) बजारमा: भिडियो |

    नेपाली गीत संगीत बजार’मा दिनहुँ सयौं गीत संगीत’को भिडियो बजारमा आउने क्रममा अहिले भर्खरै लोक तथा दोहोरी गीत “फर्केर आइदेउन’ निरमाया” बोलको गीत बजारमा ल्याएको छ । उक्त गीतमा रामचन्द्र चन्दको सुंधुर स्वर सुन्न सकिन्छ...

    को हुन् यी साहसी ट्राफिक जसले डर धम्कीमा नपरी गृह मन्त्रालयका प्रवक्ताको गाडि ह्वील लक गरिदिए ….

    काठमाडौं । सानालाई ऐन ठूलालाई चैन यो उखान नेपाली समाजमा प्रचलित छ । ठूलाबडा गल्ती गर्दा कुनै कारवाही नहुने तर साना, पहुच नभएकाले सानो गल्ती गर्दा पनि ठूलो सजाय पाउने गरेका छन् । त्यसैले...

    बालुवाटार जग्गा प्रकरण ; ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्नका परिवारलाई बयान लागि बोलाइयो…

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोतका कर्मचारीसँग मिलेर बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्नका परिवारलाई बयानका लागि बोलाएको छ। अख्तियारले बुधबार सूचना जारी गर्दै पूर्वसचिव शारदा त्रितालको समितिले भूमाफिया भनेका शोभाकान्त ढकाल...

    पृथ्वीलाई लागु औषधको अवैध ओसारपसार तथा दुरुयोगबाट मुक्त बनाऔं; प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लागु औषधबाट जोगिन सबैमा आग्रह गरेका छन् । लागु औषध विरुद्धको अन्तरराष्ट्रिय दिवसको अवसरमा बुधबार ट्विट गर्दै उनले भनेका छन्, ‘‘लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरराष्ट्रिय...

    विवाहको प्रस्ताव स्वीकार नगर्दा छोरीलाई अपहरण गर्ने अपहरणकारी पक्राउ , थप विवरण आउन बाकी …

    असार ११, २०७६ बुटवल : गत सोमबार तिलोत्तमा नगरपालका वडा नं १२की ६ वर्षीया बालिकालाई अपहरण गरी होटेलमा लुकाइराखेको अवस्थामा बुटवलको एक होटलबाट बुधबार बिहान प्रहरीले उद्दार गरेको छ। सोमबार साँझ करिब ८ बजेको...

    अछामबाट आयो अत्यन्त दु;खद खबर , ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु, चार घाइते !

    ११ असार, अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु...