ट्राफिकले कसरी खोज्छ चोरीको मोटरसाइकल

८ महिनामा १ हजार ३९८ चोरी ,कति भेटीए ?


  • -लालिगुराश सम्बाद दाता
  • सोम, बैशाख १६, २०७६

    १६ वैशाख, काठमाडौं । काठमाडौं–६, बौद्धका होमनाथ खतिवडाको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । खोजी तथा अनुसन्धान गर्दै जाँदा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याइ मोटरसाइकल खतिवडालाई बुझायो ।

    दैनिक काम समेत अवरूद्ध भइरहेको अवस्थामा प्रहरीबाट मोटरसाइकल पाएपछि भावुक हुँदै प्रहरीले जनताका लागि गरेको कामप्रति उनले खुशी व्यक्त गरे ।

    धादिङ सेर्तुङ–३ का बेमान तामाङको मोटरसाइकल पनि चोरी भयो । मोटरसाइकल चोरी भएपछि दैनिक रुपमा काम गर्न समस्या पर्‍यो । उनले प्रहरीमा उजुरी दिए ।

    ट्राफिक प्रहरीले खोजी तथा अनुसन्धान थाल्यो । त्यसक्रममा चोरी गरेर राखिएको ठाउँसम्म प्रहरी पुग्यो । हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनी अझै बढी खुशी भए ।

    चोरी भएको मोटरसाइकल यसरी फेला पर्छ भन्ने लागेकै थिएन उनले भने, “प्रहरीले गरेको काम देखेपछि प्रहरीप्रति पूर्ण विश्वास लाग्यो ।”

    खतिवडा र तामाङ जस्तै धेरैको मोटरसाइकल चोरी हुने गरेको छ । यो क्रमलाई रोकथाम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले कार्ययोजना नै बनाएर काम गर्न अगाडि बढेको छ ।

    कम्पाउण्डको ताला फुटाएर हुने मोटरसाइकल चोरी बढीः पन्त

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त भन्छन्, ‘चोरी भएका मोटरसाइकल खोजतलासको काममा पीडित सहायता इकाईका प्रहरी कर्मचारीहरू सादा पोसाकमा खटिन्छन् ।’

    ‘शंकास्पद मोटरसाइकल जाँच गर्ने, वर्कशपमा चेक गर्ने, इन्जिन तथा चेसिस नम्बर जाँच गरी रुजु गर्ने र चोरीको हो वा होइन पत्ता लगाउने गरिन्छ’, एसएसपी पन्तले भने, ‘पीडितको निवेदनको आधारमा कम्प्युटर फाइलमा इन्जिन नम्बर तथा चेसिस नम्बरको खोजी समेत गरिन्छ । यसबाट हराएको र नहराएको एकिन हुन्छ ।’

    विशेष गरी लक भाँचिएको, वायरिङका तारहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको मोटरसाइकल बारेमा थप अनुसन्धान हुन्छ । मोटरसाइकल बढि मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ । समय समयमा सचेतनामूलक पर्चा वितरण पनि गर्ने गरिन्छ । धेरै जसो साँझ र रातको समयमा घर कम्पाउण्डको ताला फुटाएर मोटरसाइकल चोरी हुने गरेको भेटिने गरेको छ ।

    चोरीका मोटरसाइकल प्रायः दुर्गम बस्तीमा घाँस दाउरा बोक्न, दुध ओसारपसार गर्ने काममा प्रयोग हुने गरेका पाइन्छ । राजधानीका मोटरसाइकल दुर्गम जिल्लामा लगेर नक्कली ब्लुबुक बनाएर चलाउने, नयाँ मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने र काम नलाग्ने पार्टपूर्जा बेवारिसे अवस्थामा फाल्ने गरेकाले पनि मोटरसाइकल फेला पार्नमा समस्या देखिएको छ ।

    चोरी हुनबाट बच्न ह्विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउन अल्छी नमान्ने र सम्भव भएसम्म जिपिएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरीबाट सुरक्षित रहन सकिने एसएसपी पन्तको भनाइ छ ।

    भेटिने दर न्यून

    चालु आर्थिक वर्षको आठ महिनामा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाबाट १ हजार ३ सय ९८ वटा मोटरसाइकल चोरी भएको तथ्याङ्कले देखाएको छ । तीमध्ये ३ सय ७६ वटा मोटरसाइकल फेला परेका छन् ।

    फेला परेकामध्ये २ सय ६३ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई तथा ९९ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको छ । वाँकी ३० वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाउन बाँकी छन् । चोरीमा संलग्न ६९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको छ ।

    काठमाडौंको बौद्ध, जोरपाटी, पेप्सीकोला, बानेश्वर, कोटेश्वर, चावहिल, गौशाला, महाराजगञ्जस्थित शिक्षण अस्पताल वरपर, बुढानिलकण्ठ, ठमेल, सुन्धारा, बालाजु, कलंकी, पुल्चोक, ग्वार्को, जावलाखेल र लगनखेलबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेका छन् ।

    उपत्यका बाहिर बिर्तामोड, दमक, विराटनगर, धरान, इनरुवा, सप्तरी, रौतहट, कास्की, रुपन्देही, सुर्खेत र कैलाली लगायतका विभिन्न ठाउँबाट बढी मात्रामा मोटरसाइकल चोरी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

    यसैगरी आ.व. २०७४/०७५ मा १ हजार ६ सय ३४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ४ सय ८१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भएको थियो । ३ सय ४१ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाएको थियो भने ८३ वटा मोटरसाइकल भन्सार कार्यालयमा बुझाएको थियो । बाँकी ८९ वटा मोटरसाइकल सम्वन्धित व्यक्तिलाई बुझाउन वाँकी छन् ।

    ट्राफिक प्रहरीले ४२ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही गरेको थियो ।

    मोटरसाइकल चोरी भएमा जति छिटो ट्राफिक प्रहरीलाई खबर गर्‍यो त्यति नै मोटरसाइकल भेटिने सम्भावना रहन्छ
    कारबाही

    मुलुकी फौजदारी (संहिता) ऐन २०७४ को परिच्छेद २०, धारा २४१ को कसुरमा मोटरसाइकल चोरी गर्ने वा गराउने व्यक्तिलाई सोही परिच्छेदको धारा २४२ अन्तर्गत दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

    चोरी हुने गरेका मोटरसाइकल ट्राफिक प्रहरीले सक्रिय भएर खोजी तथा अनुसन्धान गरी सम्बन्धित धनीलाई बुझाउँदै आएको छ । चोरीमा संलग्न व्यक्तिलाई कानूनी कारबाही गर्दै आएको छ ।

    साथै, मोटरसाइकल चोरीलाई रोकथाम गर्न विभिन्न ठाँउमा खटिएर डिउटी गर्ने ट्राफिक प्रहरीले जथाभाबी पार्किङ नगर्न आग्रह गर्दै आएको छ । मोटरसाइकल चोरी हुनुभन्दा पहिले स्वयं धनी सचेत भएमा चोरीमा कमि आउने ट्राफिक प्रहरीको अपेक्षा छ । मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा समेत ट्राफिक प्रहरीले फेला पारी पक्राउ गरेको छ ।

    चोरी भएमा जति छिटो ट्राफिक प्रहरीलाई खबर गर्‍यो त्यति नै छिटो मोटरसाइकल भेटिने सम्भावना रहन्छ ।

    चोरी भएको लामो समयपछि खबर गर्दा मोटरसाइकल अन्य स्थानमा लैजाने र चोरी गर्ने व्यक्ति समेत भाग्न सक्ने भएकाले तत्काल ट्राफिक प्रहरीलाई खबर गर्नु राम्रो हुने प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    समाज बाट अन्य

    अर्जुन क्षेत्रीले गरे अहिलेसम्मकै डरलाग्दो भविष्यवाणी!ललितपूर काण्डको सत्यता बाहिर ल्याए,जेठमा ठुलो भुइचालो नगए मर्न तयार!

    युवा ज्योतिषी तथा फेस रिडर अर्जुन क्षेत्रीले फेरी अर्को कहालीलाग्दो भाबिश्यवानी गरेका छन।केहि समय देखि देशको गतिविधिलाई उनले आफ्नो भाबिश्यवानीमा अटाएका हुन्।पछिल्लो समय ललितपुर काण्ड र देशमा देखिएको असान्तिलाई उनले भबिस्यवाणी मार्फत कडा रुपमा...

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा ।

    प्रवासी नेपाली हातेमालो कल्याणकारी समाज बिधान सहित राजदूतावासमा । भिम लुहार मलका मलेसिया प्रबासी नेपाली हातेमालो कल्याणकारी समाज मलेसिया ले मलेसिया स्थित राजदुतावास क्वालालम्पुरमा आफ्नो संस्था को बिधान बारे जानकारी गराएको छ । आजै प्रवासी नेपाली...

    युटुबबाट केटा खोजिरहेकी सोनीकालाइ आयो अचम्म महिलाको बिबाह प्रस्ताब,३ जना संग बिहे गर्ने तयारी!

    पछिल्लो समय युटुबमा भाइरल रहेको सोनीका रोकायाले आफुलाई केटा खोज्न युटुब प्रयोग गरेको भिडियो बाहिर आएको छ।आमालाई फोन गरि लाइभ केटा खोजिदिन अनुरोध गरिरहेकी सोनिकाले अब युटुबबाट नै केटा खोज्ने र बिहे गर्ने उनले...

    पत्राकार र मन्त्री लफडा :मन्त्री जस्तोले प्रश्नको उत्तर दिन नसक्ने भन्दै उपेन्द्र यादवमाथी सुरेन्द्र केसीले दिए यस्तो चेतावनी

    पछिल्लो समय खरो विश्लेषण गर्दै आएका राजनीतिक विश्लेषक सुरेन्द्र केसीले केहि दिन अगाडी पत्रकार र उपप्रधानमन्त्री उपेन्द्र यादबबीच देखिएको बिबादको पर्दाफास गरेका छन।पत्रकारको बचाऊ गर्दै केसीले भने आफ्नै सहकर्मी यादबनै दोसी रहेको बताए। लामो समय...

    प्रहरीले पक्राउ गर्यो म्युजिक नेपालका म्यानेजर थापालाइ-कारण सहित

    २९ वैशाख, काठमाडौं । प्रहरीले म्युजिक नेपालका म्यानेजर उज्जवल थापालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ...

    मन्दिरमा फुल बेचेर करोडपति बनेकी फुलवलीको कथा!के यो मन्दिरमा मागेको सबै पुग्छ?

    काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पलाञ्चोक भगवती मन्दिरको महिमा नेपाल लगायत विश्वभर रहेको छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । निश्वार्थ...

    चित्र बहादुरको केपी सरकार माथि दरिलो हमला ,पत्रकारलाई हेपेको छौ अब देख्छौ?हेरौ भिडियो कुराकानी

    पछिल्लो समयको राजनीतिक घटनाक्रमको खुलेर बिरोध गर्दै हिड्ने एक अर्का नेता हुन् चित्र बहादुर केसी,उनले सरकारको पछिल्लो कामहरु गैरजिम्मेवारी भएको ठहर गरेका छन।बिशेष कुराकानीमा उनले आफ्नो आक्रोश मिडियामा पोखेका हुन् भने उनि आक्रोसित देखिन्थे...

    निगमको चार वटै जेट विमान खरिद प्रक्रियामै त्रुटि

    काठमाडौं, २८ बैशाख । संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ...

    देशभरको तीन दिने मौसम ; मेघ गर्जने र हावाहुरीसहित वर्षा

    काठमाडौं। जल तथा मौसम विभागले तीन दिनसम्म देशभरी मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको छ। विभागले देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने...

    आफ्नै भाउजू सङ्गा प्रेम बसेपछि देवर भाउजू मिलेर गरे निर्मला को हत्या ….

    आफ्नै भाउजू सङ्गा प्रेम बसेपछि देवर भाउजू मिलेर गरे निर्मला को हत्या …. भिम लुहार मलेशिया धेरै जसो ठाउँमा भाउजू लाई आमा मान्ने गर्छन् त केही ठाउँमा तेहि भाउजु लाई माया प्रेम जस्ता कुरा हरु...